एनएमसी-कोअपका सदस्यलाई मोबाइलबाटै बैंकिङदेखि ऋणसम्मको सुविधा

एनएमसी-कोअपका सदस्यलाई मोबाइलबाटै बैंकिङदेखि ऋणसम्मको सुविधा

काठमाडौं : एनएमसी मल्टिपर्पज को-अपरेटिभले एमबैंक टेक्नोलोजिज साझेदारीमा आफ्ना सदस्यहरूका एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा सुरु गरेको छ।

गत जेठ २९ गते दुई संस्थाबीच भएको साझेदारी पश्चात् देशभरका ५७ वटा सेवा केन्द्रमार्फत उक्त सेवा उपलब्ध गराइएको हो। एनएमसी-कोअपका एक लाख ५० हजारभन्दा बढी सदस्यहरूले एउटै मोबाइल एप्लिकेसनमार्फत आधुनिक बैंकिङ सुविधा प्राप्त गर्नेछन्।

मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, फन्ड ट्रान्सफर, युटिलिटी पेमेन्ट र डिजिटल केवाइएम अपडेट जस्ता सेवाहरू घरमै बसेर प्रयोग गर्न सकिनेछ। यस साझेदारीको विशेष आकर्षण 'डिजिटल लेन्डिङ' (ऋण सेवा) रहेको छ। 

सदस्यहरूले आफ्नो मुद्दती निक्षेप वा आवधिक खाताको सुरक्षणमा मोबाइलबाटै ऋण आवेदन दिन, ऋणको विवरण (स्टेटमेन्ट) हेर्न र भुक्तानी गर्न सक्नेछन्। यस प्रविधिले गर्दा सामान्य ऋण प्रक्रियाका लागि अब शाखा कार्यालय धाउनुपर्ने छैन। 

साउन २६, २०८३ मंगलबार १९:३१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।