शहीद गंगालाल हृदय केन्द्रलाई कुमारी बैंकको आर्थिक सहयोग
काठमाडौं : कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्यो।
केन्द्रमा उपचाररत नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवालाई थप सुदृढ बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बैंकले जनायो।
सहयोग रकम हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारका लागि आवश्यक स्वास्थ्य सेवा र उपकरण व्यवस्थापनमा उपयोग गरिने केन्द्रले जनायो।
देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत र जोखिममा रहेका बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रले भोग्दै आएको बिरामीको चाप र स्रोतको आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।
“समुदायका लागि कुमारी बैंक” भन्ने मूल भावनाका साथ बैंकले विगत २५ वर्षदेखि शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता र वातावरण संरक्षणका क्षेत्रमा काम गरिरहेको छ। बैंकले देशभर फैलिएका २९८ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गरिरहेको छ।
साउन २६, २०८३ मंगलबार १९:१८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।