नेप्सेमा झिनो सुधार, ४ अर्ब ११ करोडको कारोबार

नेप्सेमा झिनो सुधार, ४ अर्ब ११ करोडको कारोबार

काठमाडौं : तीन दिनदेखि लगातार घटेका सेयर बजार मंगलबार भने सामान्य अंकले बढेको छ। सोमबार ९.०४ अंक घटेको नेप्से परिसूचक आज ०.७९ अंकले बढेर २६४१ विन्दुमा कायम भयो।  

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ। सोमबार ३ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ११ करोडको भयो।

 १३३ कम्पनीको मूल्य बढ्दा १२२ को घट्यो भने २० को स्थिर रह्यो। बैंकिङ ०.३२, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.०५, लगानी ०.०७, जीवन बीमा ०.०९ र अन्य ०.०३ प्रतिशत बढे। विकास बैंक ०.१०, फाइनान्स ०.०७, उत्पादन तथा प्रशोधन ०.०८, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.४० र व्यापार ०.७७  प्रतिशत घटे।

अपर लोहोरेखोलाको मूल्य आज १५ प्रतिशत बढ्यो भने महिला लघुवित्तको १४.९१ प्रतिशत मूल्य घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिडी पावर, ङादी ग्रुप, खानीखोला हाइड्रोपावर र फर्स्ट माइक्रोफाइनान्स छन्।

साउन २६, २०८३ मंगलबार १५:३२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।