एनएमबि बैंकको आकर्षक अफर : ‘बेस रेट’मा ०.५ प्रतिशत मात्र जोडेर ईभी कर्जा

एनएमबि बैंकको आकर्षक अफर : ‘बेस रेट’मा ०.५ प्रतिशत मात्र जोडेर ईभी कर्जा

काठमाडौं : एनएमबि बैंक लिमिटेडले ‘नाइमा अटो एक्स्पो २०२६’ लाई लक्षित गर्दै विद्युतीय सवारीसाधन (ईभी) खरिदमा विशेष कर्जा योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकले बैंकको आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम जोडेर सस्तो ब्याजदरमै नयाँ ईभी कर्जा प्राप्त गर्न सक्नेछन्।

वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको यो छिटो र सरल कर्जा योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ।

नयाँ विद्युतीय गाडी किन्न चाहने ग्राहकले एक्स्पोमा रहेको बैंकको स्टल नम्बर ‘ओ ५’ मा गएर वा देशभर रहेका एनएमबि बैंकका कुनै पनि शाखा कार्यालयमार्फत सजिलै कर्जाका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ।

हाल बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।

साउन २६, २०८३ मंगलबार ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।