तोलामा ६४ सय रूपैयाँ बढ्यो सुन, चाँदी पनि महंगियो

तोलामा ६४ सय रूपैयाँ बढ्यो सुन, चाँदी पनि महंगियो

काठमाडौं : नेपाली बजारमा  मंगलबार सुनचाँदीको मूल्य बढेको छ। 

सोमबारको तुलनामा सुनको मूल्य आज प्रतितोला ६ हजार चार सय र चाँदी एक सय १० रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार तोलामा चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार सात सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। 

साउन २६, २०८३ मंगलबार ११:२१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।