असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं : एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई आगामी २०८३ असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्र को विवरण अद्यावधिक गर्न वा स्वघोषणा गर्न आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले आइतबार (श्रावण २५ गते) एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

ग्राहकले बैंकको शाखा कार्यालयमा नगई अनलाइनबाटै सजिलै आफ्नो विवरण अद्यावधिक गर्न सक्नेछन्। यसका लागि बैंकको मोबाइल बैंकिङ एपको ‘Banking Services’ भित्र रहेको ‘Update NID’ विकल्प वा बैंकको वेबसाइट मार्फत अद्यावधिक गर्न सकिनेछ।

साथै, आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयमा गएर पनि यो कार्य गर्न सकिने बैंकले जनाएको छ।

त्यसैगरी, विदेशमा रहेका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा अनलाइनबाटै खाता खोल्न सक्नेछन्।

तर, त्यसरी खाता खोल्ने ग्राहकले नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रको विवरण बैंकमा अद्यावधिक गराउनुपर्ने विशेष व्यवस्था गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयेन्द्र रावलले जानकारी दिएका छन्।

साउन २६, २०८३ मंगलबार ११:१८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।