पूर्व मन्त्री कार्की १५ लाख धरौटीमा थुनामुक्त

पूर्व मन्त्री कार्की १५ लाख धरौटीमा थुनामुक्त

काठमाडौं : विशेष अदालत काठमाडौंले पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश गरेको छ।

न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व अर्थमन्त्री कार्कीलाई १५ लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो।

नेता कार्कीलाई भ्रष्टाचार मुद्दामा थुनछेक बयानका लागि अदालतमा हाजिर गराइएको थियो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको दाबी गर्दै नेता कार्कीसहितका प्रतिवादीविरुद्ध तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० र बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

साउन २५, २०८३ सोमबार २१:५८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।