लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार, कारोबार साढे ३ अर्बमा खुम्चियो

लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार, कारोबार साढे ३ अर्बमा खुम्चियो

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ९.०४ अंक घटेर नेप्से परिसूचक २६४१ अंकमा झरेको छ। अघिल्लो कारोबार दिन नेप्से ४.०५ अंक घटेको थियो। आजसहित लगातार तीन दिन बजार घटेको छ।

कारोबार रकम सामान्य घटेको छ। अघिल्लो दिन ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६६ करोडको भयो।
 ८२ कम्पनीको मूल्य बढ्दा १७९ को घट्यो भने १५ को स्थिर रह्यो। 

बैंकिङ ०.७२, विकास बैंक ०.१२, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.७०, लगानी ०.६०, जीवन बीमा ०.६२, अन्य ०.४४ तथा व्यापार ०.८६ प्रतिशत घटे। जलविद्युत् ०.०६, उत्पादन तथा प्रशोधन ०.०४, माइक्रोफाइनान्स ०.१९, निर्जीवन बीमा ०.०४ प्रतिशत बढे।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य आज सबैभन्दा बढी ८.४७ प्रतिशत बढ्यो भने आत्मनिर्भर लघुवित्तको मूल्य ८.८७ प्रतिशत घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिडी पावर, फस्र्ट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक र आँखुखोला जलविद्युत् छन्।

साउन २५, २०८३ सोमबार १५:३४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।