सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी
काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला दुई सयले घटेर तीन लाख एक हजार पाँच सय कायम भएको छ।
आइतबार सुन तोलामा तीन लाख एक हजार सात सयमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर चार हजार छ सय ७० पुगेको छ। हिजो एक तोला चाँदी चार हजार छ सय ४५ मा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३२२ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ।
साउन २५, २०८३ सोमबार ११:१५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।