काठमाडौंमा देखिएको ‘सयौँ थुंगा’ को अनुहार
काठमाडौं : ३२ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौँमा आदिवासी जनजातिसँग आबद्ध सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाए। भृकुटीमण्डपमा जम्मा भई सुरु भएको सांस्कृतिक झाँकीसहितको र्याली भद्रकाली, सहिद गेट, सुन्धारा, न्युरोड गेटहुँदै खुलामञ्च पुगेको थियो।
विश्वभर छरिएर रहेका आदिवासी जनजातिहरूको अधिकार, संस्कृति, भाषा र पहिचानको संरक्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष अगस्ट ९ का दिन यो दिवस मनाइन्छ।
नेपालमा कुल जनसङ्ख्याको करिब ३६ प्रतिशतभन्दा बढी आदिवासी जनजातिको बसोबास छ। नेपाल सरकारले आदिवासी जनजातिको उत्थानका लागि विभिन्न नीतिगत व्यवस्था गरे पनि स्वायत्तता र आत्मनिर्णयको अधिकार, मातृभाषाको संरक्षण, पारम्परिक ज्ञान र सीपको कदरका लागि आदिवासी जनजातिको प्रतिनिधित्व गर्ने विभिन्न संस्थाले आवाज उठाइरहेका छन्।
यद्यपि, अझै पनि धेरै समुदाय सीमान्तकृत अवस्थामा नै छन्।




साउन २४, २०८३ आइतबार २०:०५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।