भक्तपुरको सुधार गृहमा युवकको मृत्यु, कुटेर मृत्यु भएको भन्दै विवाद

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु, कुटेर मृत्यु भएको भन्दै विवाद

काठमाडौँ : भक्तपुरको सुधार केन्द्रमा युवकको मृत्यु  भएको छ। सूर्यविनायक नगरपालिका–१ सिरुटारमा रहेको निजी सुधार केन्द्र उत्साहित सुधार गृहमा सुधारमा राखिएको सूर्यविनायक नगरपालिकाका ४२ वर्षीय उमेश खड्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक कार्कीले उकेरालाई जानकारी दिए। 

उनका अनुसार उमेशलाई सुधारको लागि चार दिन अघि मात्रै ल्याएको र आइतबार बिहान ४ बजे स्वास्थ्यमा समस्या भएपछि अस्पताल लगेको जानकारी दिए। उनले भने, “आजभन्दा ४ दिन अघि सुधार गृहमा ल्याएका रहेछन्। राती स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि अस्पताल लग्दा मृत्यु भएको रहेछ।” 

तर सुधार गृहमा राखिएका अन्य व्यक्तिहरूले भने कुटेर उनको हत्या गरेको आरोप लगाएका छन्। यस विषयमा सूचना अधिकारी खड्कासँग उकेराले बुझ्दा उनले हाल सिसिटिभी फुटेर संकलन गरिरहेको र अनुसन्धान भइरहेको जानकारी दिए। 

उनी भन्छन्, “हामीले घटनाको विषयमा हाल सिसिटिभी फुटेज संकलन गरिरहेको छौँ। अनुसन्धान भइरहेको छ।” 

साउन २४, २०८३ आइतबार १९:४६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।