सुनको मूल्य ३ लाख नाघ्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य ३ लाख नाघ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। 

शुक्रबारको तुलनामा सुनको मूल्य आज प्रतितोला पाँच हजार ६ सय र चाँदी ६५ रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आइतबार चाँदीको मूल्य पनि ६५ रूपैयाँले बढेर चार हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार चाँदी तोलामा चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भएको भएको थियो। 

साउन २४, २०८३ आइतबार ११:१२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।