लन्च भयो लिपमोटर बी०३एक्स प्रो म्याक्स ईभी, के छन् विशेषता ?
काठमाडौं : साङ्ग्रिला मोटर्सले प्रिमियम विद्युतीय एसयूभी 'लिपमोटर बी०३एक्स प्रो म्याक्स नेपाली बजारमा लन्च गरेको छ। ललितपुरको द प्लाजामा आयोजित एक समारोहका बीच यस विद्युतीय एसयूभीलाई सार्वजनिक गरिएको हो।
साङ्ग्रिलाले यस गाडीको सुरुवाती मूल्य ४४ लाख ९९ हजार रुपैयाँ तोकेको छ। पहिलो १०० जनाका लागि मात्र यो मूल्य लागु हुने छ भने त्यसपछि यसको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ कायम हुने छ।
लिपमोटर बी०३एक्स प्रो म्याक्सको सार्वजनिकसँगै देशभरका शोरूमहरूमा अवलोकन तथा बुकिङ खुला गरिएको छ। नेपाली सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर ल्याइएको भनिएको यस एसयूभीमा १४५ किलोवाट क्षमताको विद्युतीय मोटर र ५३ किलोवाट-आवरको ब्याट्री प्याक प्रयोग गरिएको छ।
एक पटकको फुल चार्जमा ५०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको यस गाडीमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ। इन्टेरियरतर्फ यसमा १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, १२ वटा स्पिकर सहितको इमर्सिभ साउन्ड सिस्टम र सुरक्षाका लागि 'लेभल २ एडिएस' प्रविधि जडान गरिएको छ।
सार्वजनिक कार्यक्रममा साङ्ग्रिलाका निर्देशक हेमन्त गोल्छाले बी०३एक्सले नेपालको विद्युतीय गतिशीलता (इलेक्ट्रिक मोबिलिटी) मा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे। लिपमोटरलाई विश्वव्यापी रूपमा मसेराटी, अल्फा रोमियो र प्युजो जस्ता प्रतिष्ठित ब्रान्डहरूको माउ कम्पनी स्टेलान्टिसको सहयोग प्राप्त छ।
साउन २४, २०८३ आइतबार ११:११:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।