‘कांग्रेसलाई सुदृढ र एकताबद्ध बनाउनुपर्छ’

‘कांग्रेसलाई सुदृढ र एकताबद्ध बनाउनुपर्छ’

जनकपुरधाम : नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

कांग्रेस धनुषाद्वारा शनिबार जनकपुरधाममा आयोजित अन्तरक्रियामा उनले लोकतान्त्रिक मूल्यमान्यता र संविधान रक्षा तथा जनताको अधिकारको पक्षमा पार्टीका नेतृत्व जिम्मेवार र परिपक्व भूमिकामा उभिनुपर्ने बताए।

पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै नेता निधिले पार्टीका नेता कार्यकर्ताबीचको एकता र सङ्गठनको सक्रियतामा निर्भर रहने भएकाले सबै मिलेर सङ्गठनलाई प्रभावकारी बनाउनुपर्ने बताए।

पार्टीभित्रको एकता, सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने बताउँदै उनले जनताको समस्या र अपेक्षालाई नजिकबाट बुझेर त्यसअनुरूप राजनीतिक गतिविधि अघि बढाउनुपर्ने सुझाव दिए।

कार्यक्रममा नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको किचलो चाँडो समाधान गरेर एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

साउन २३, २०८३ शनिबार १९:४५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।