वडाध्यक्ष पक्राउ
परासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ परेका छन्।
जालसाजीको अभियोगमा वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो।
साउन २३, २०८३ शनिबार १३:१४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।