याडियाका तीन नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, १० हजार रुपैयाँ छुट
काठमाडौं : नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले अत्याधुनिक प्रविधियुक्त तीन नयाँ मोडलका इलेक्ट्रिक स्कुटर जीएस७०, जीटी७० र जीटी८० औपचारिक रूपमा सार्वजनिक गरेको छ।
२.१ kWh LFP ब्याट्री र २.८ kW मोटर रहेको याडिया जीएस७० ले एक पटकको चार्जमा १०५ किमी सम्मको रेन्ज दिन्छ।
५.७ kWh डुअल ब्याट्री र ३.७ kW मोटर रहेको याडिया जीटी७० ले २२० किमी सम्मको उच्च रेन्ज प्रदान गर्छ।
३.६ kWh लिथियम ब्याट्री र ५ kW मोटर रहेको याडिया जीटी८० को अधिकतम गति ८० किमी/घण्टा र रेन्ज १५० किमी रहेको छ।
यी स्कुटरहरूमा टीएफटी डिस्प्ले, स्मार्ट किलेस, एप कनेक्टिभिटी, ट्र्याक्सन कन्ट्रोल (TCS), हिल होल्ड कन्ट्रोल र डुअल डिस्क ब्रेकजस्ता सुविधाहरू छन्।
कम्पनीले ब्याट्रीमा ३ वर्ष वा ५० हजार किमीको वारेन्टी दिएको छ। लञ्चको अवसरमा ‘नाइमा अटो शो’ सम्मका लागि तीनै मोडलमा १० हजार रुपैयाँको विशेष छुट प्रदान गरिएको छ।
यी स्कुटरहरू देशभरका २० वटा आधिकारिक डिलरशिपमा उपलब्ध छन्।
साउन २३, २०८३ शनिबार १२:३५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।