हुलास स्टिलद्वारा ‘हुलास डे २०२६’ सम्पन्न
सिमरा : दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले सिमरास्थित आफ्नो कारखाना परिसरमा विविध सामुदायिक तथा दिगोपनमुखी कार्यक्रम आयोजना गरी ‘हुलास डे २०२६’ सम्पन्न गरेको छ।
कार्यक्रमका अवसरमा वृक्षारोपण अभियान सञ्चालन गरिनुका साथै कर्मचारीहरूका लागि निःशुल्क दन्त स्वास्थ्य शिविर आयोजना गरिएको थियो।
साथै, कम्पनीमा उत्कृष्ट योगदान पुर्याउने कर्मचारीहरूलाई सम्मान तथा कदर पत्र प्रदान गरियो।
सो क्रममा कम्पनीले आफ्ना वातावरणीय, सामाजिक तथा सुशासन सम्बन्धी पहलहरू र उपलब्धिहरू प्रस्तुत गरेको थियो।
साउन २३, २०८३ शनिबार १२:१९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।