नाइमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै, बुकिङमा विशेष छुट
काठमाडौं : हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित ब्रान्ड डोङफेङका दुई मोडलका विद्युतीय बसहरू नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ।
यही भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा अटो एक्स्पो’ मा यी बसहरू औपचारिक रूपमा सार्वजनिक गरिनेछन्।
नेपाल सरकारको ठूला विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति र बजारको मागलाई ध्यानमा राख्दै कम्पनीले यी बसहरू नेपाल भित्र्याएको हो।
नाइमा अटो एक्स्पोमा ७.२ मिटर लम्बाइ र २६ देखि ३० सिट क्षमता भएका दुई मोडलका विद्युतीय बस सार्वजनिक गरिनेछ। निकट भविष्यमै ९ र १२ मिटर लम्बाइका ३८ र ५२ सिट क्षमताका ठूला विद्युतीय बसहरू पनि नेपाल ल्याइने कम्पनीले जनाएको छ।
हाल नेपाली बजारमा उपलब्ध अन्य ब्रान्डका बसहरूभन्दा निकै कम मूल्यमा सार्वजनिक गरिने र एक्स्पोमा बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष छुटको योजना समेत राखिएको छ।
सन् १९६९ मा स्थापित चीन सरकारको स्वामित्वमा रहेको डोङफेङका सवारी साधनहरू विश्वका १०० भन्दा बढी देशहरूमा निर्यात हुँदै आएका छन्।
बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्सहरू हिमालयन अर्गनाइजेसनको देशैभर रहेका शाखा तथा डिलर सञ्जालमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
साउन २३, २०८३ शनिबार १२:०५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।