प्रिमियम ईभी एसयूभी ‘लिपमोटर बी१०’ नेपाल आइपुग्यो

प्रिमियम ईभी एसयूभी ‘लिपमोटर बी१०’ नेपाल आइपुग्यो

काठमाडौं : अत्याधुनिक एवम् प्रिमियम इलेक्ट्रिकल एसयूभी ‘लिपमोटर बी१०’ आधिकारिक रूपमा नेपाल आइपुगेको छ।

नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रा. लि.ले यस बहुप्रतीक्षित ईभीलाई छिट्टै विशेष कार्यक्रमका बीच सार्वजनिक गरी बुकिङ खुला गर्ने जनाएको छ।

नेपाली सडक अनुकूल तयार पारिएको यस एसयूभीमा श्रेणीमै उत्कृष्ट १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवरको ब्याट्री क्षमता रहेको छ। यसले एक पटकको फुल चार्जमा ५०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ।

यसमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो केबिन रहेको छ। सुरक्षाका लागि यसमा अत्याधुनिक ‘एडीएएस लेभल २’ प्रविधि जडान गरिएको छ।

मासेराटी, जिप र प्युजो जस्ता १४ अग्रणी अटोमोबाइल ब्रान्डहरूको समूह ‘स्टेलान्टिस’को सहयोग प्राप्त लिपमोटर चीनको शीर्ष न्यु इनर्जी भेहिकल ब्रान्ड हो।

विश्वका ४० भन्दा बढी देशहरूमा उपस्थित रहेको यस ब्रान्डले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ।

साउन २३, २०८३ शनिबार ११:५९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।