कञ्चनपुरमा सिँढीबाट लडेर युवकको मृत्यु

कञ्चनपुरमा सिँढीबाट लडेर युवकको मृत्यु

महेन्द्रनगर : भीमदत्त नगरपालिका-६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतका अनुसार घरको सिँढीबाट लडेर ऐठपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु भएको हो।

सिँढीबाट लडेर गम्भीर घाइते भएका नेगीको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

साउन २३, २०८३ शनिबार ०७:५८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।