साइबर अपराधमा पीडक १९ देखि २५ वर्षका, पीडित २६ देखि ३५ वर्षका धेरै

साइबर अपराधमा पीडक १९ देखि २५ वर्षका, पीडित २६ देखि ३५ वर्षका धेरै

काठमाडौँ : प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा साइबर अपराध सम्बन्धी २ सय १४ जना विरुद्ध मुद्दा दर्ता भएका छन्। शुक्रवार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार त्यसमा युवा उमेर समूहको संलग्नता बढी छ। 

तथ्याङ्क अनुसार यसरी मुद्दा लाग्नेमा सबैभन्दा धेरै १९ देखी २५ वर्ष उमेर समूहका युवा समूह छन्। यो उमेर समूहका १ सय ४२ जना साइबर अपराधमा संलग्न रहेको प्रहरीले जनाएको हो। 

त्यसपछि २६ देखी ३५ वर्षका युवा उमेरकाहरुको संख्या १ सय २५ रहेको छ। त्यसैगरी, ३६ वर्षदेखि ४५ वर्षको उमेर समूहका ६५ जना साइबर अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ। 

 ६० भन्दा माथिका उमेर समूहमा  ५ जना मात्र छन्। प्रहरी अनुसार १८ वर्ष भन्दा कम उमेर बालबालिका समेत साइबर अपराधमा संलग्न रहेको प्रहरीको तथ्यांकले देखाएको छ। उनीहरूको संख्या ३ जना छन्।   पीडितमा २६ देखी ३५ वर्ष उमेर समूहका छन्। यो समूहका ५२ जना पीडित छन्। त्यसपछि ३६ देखी ३५ वर्षको उमेर समूहमा ४४ जना पीडित छन्। 

४६ वर्ष देखी ६० वर्षको उमेर समूहका पीडितको संख्या २७ छ। साथै, ६० वर्ष भन्दा माथिका पीडितको संख्या २ रहँदा १८ वर्ष तलका बालबालिका पीडितको संख्या ३ रहेको प्रहरीले जनाएको छ। 

साउन २२, २०८३ शुक्रबार २२:२६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।