भदौ ९ देखि ‘१८औँ नाडा अटो शो’, अग्रिम टिकटमा ५० प्रतिशत छुट

भदौ ९ देखि ‘१८औँ नाडा अटो शो’, अग्रिम टिकटमा ५० प्रतिशत छुट

काठमाडौं : अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले ५०औँ स्वर्ण वर्षको अवसरमा ‘१८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। ‘एचपी लुब्रिकेन्ट्स’ मुख्य प्रायोजक रहेको उक्त प्रदर्शनी आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सञ्चालन हुनेछ।

प्रदर्शनीको तयारीका क्रममा आयोजकले डिजिटल माध्यमबाट टिकट खरिद गर्ने अवलोकनकर्ताका लागि विशेष सहुलियतको घोषणा गरेको छ। नाडाका अनुसार ‘खल्ती’ एपमार्फत वा आधिकारिक क्यूआर कोड स्क्यान गरी अग्रिम टिकट बुकिङ गर्दा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट पाइनेछ।

प्रदर्शनीमा पछिल्लो प्रविधिका विद्युतीय सवारी साधन (ईभी) का साथै इन्धनबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। सवारी साधनका अतिरिक्त अत्याधुनिक अटो प्रविधि, पार्टपुर्जा, लुब्रिकेन्ट्स, वित्तीय सेवा र बीमा सुविधाहरूलाई समेत एकै थलोमा उपलब्ध गराइने नाडाले उल्लेख गरेको छ।

साउन २२, २०८३ शुक्रबार २०:३१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।