भारत हुँदै देशका विभिन्न नाकाबाट नेपाल छिरे ५२६ रोहिंग्या
काठमाडौं : भारत हुँदै देशका विभिन्न सीमानाकाबाट ५२६ जना रोहिंग्या शरणार्थी नेपाल प्रवेश गरी काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा बसोबास गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
नेपाल-भारत खुला सीमानाकाबाट मौका छोपेर ५२६ जना रोहिंग्या शरणार्थी नेपाल छिरेको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिए।
जसमध्ये १६२ पुरुष, १४८ महिला र बाँकी २१६ जना बालबालिका रहेका छन्। उनीहरू कपन, राममन्दिर र ललितपुरको सुनाकोठी क्षेत्रमा रहेको रहेको काफ्लेले बताए।
“हामीले गरेको अनुसन्धानबाट केही रोहिंग्या शरणार्थी नेपाल छिरेको पाएको थियौ। त्यसपछि सीमा क्षेत्रमा हाम्रो संयन्त्रलाई निगरानी गर्न निर्देशन दिएको छौं,” उनले भने।
केही दिनअघि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि रोहिंग्या शरणार्थी नेपाल प्रवेश गरेको बताएका थिए।
साउन २२, २०८३ शुक्रबार १५:५२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।