सुनकोशी नदी किनारमा टाउको र कम्मरभन्दा मुनिको भाग नरहेको शव भेटियो

सुनकोशी नदी किनारमा टाउको र कम्मरभन्दा मुनिको भाग नरहेको शव भेटियो

सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिका-५ स्थित नारिममा सुनकोशी नदीको किनारमा पहिचान नखुलेको एक शव फेला परेको छ।

साउन २१ गते बिहान अन्दाजी ०९:३० बजे नदी किनारमा अति सडेगलेको र दुर्गन्धित अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

फेला परेको शवको टाउको र कम्मरभन्दा मुनिको भाग नरहेको तथा महिला वा पुरुष के हो भन्न समेत नसकिने अवस्थामा रहेको छ।

घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी खाङसाङ र इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको थियो।

उक्त घटनास्थल प्रहरी चौकी खाङसाङबाट करिब ७ किलोमिटर पूर्व-दक्षिण र इ.प्र.का. खुर्कोटबाट करिब ४७ किलोमिटर पूर्वमा पर्दछ।

प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा मुचुल्का उठाउने कार्य सम्पन्न गरी दिउँसो १:०५ बजे शवलाई परीक्षण (पोस्टमार्टम) का लागि जिल्ला अस्पताल सिन्धुली पठाएको छ।

मृतकको पहिचान खुलाउनका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउन २२, २०८३ शुक्रबार ११:०५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।