१३ अंक घट्यो नेप्से, कारोबार रमक भने बढ्यो
काठमाडौं : बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ। अघिल्लो दिन ४.७९ अंक बढेको नेप्से परिसूचक आज १३.८२ अंकले घटेर २६५४ विन्दुमा कायम भयो।
अघिल्लो दिनको तुलनामा कारोबार रकम केही बढेको छ। अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ६२ करोडको भयो।
आज ६४ कम्पनीको मूल्य बढ्दा २०२ को घट्यो भने १० को स्थिर रह्यो। व्यापार बाहेक सबै समूहका उपसूचक घटेका छन्। व्यापार ०.५९ प्रतिशत बढ्यो।
बैंकिङ ०.८४, विकास बैंक ०.३८, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर ०.३८, लगानी ०.३०, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.८८, माइक्रोफाइनान्स ०.३०, निर्जीवन बीमा ०.७३ र अन्य समूह ०.२८ प्रतिशत घटे।
अपर लोहोरेखोलाको मूल्य आज १५ प्रतिशत बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत, सोलु हाइड्रोपावर, नेसनल इड्रोपावर र खानीखोला हाइड्रोपावर छन्।
साउन २१, २०८३ बिहीबार १५:३३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।