रोल्पामा वृद्धभत्ता बुझेर फर्किँदै गरेका ७३ वर्षीय वृद्धको खोलाले बगाएर मृत्यु
दाङ : रोल्पामा सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कने क्रममा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनछहरी गाउँपालिका–१, घुसबाङका ७३ वर्षीय मसान घर्तीमगरको मृत्यु भएको हो।
बुधबार गाउँपालिकाको केन्द्र पोबाङबाट वृद्धभत्ता बुझेर घरतर्फ फर्किने क्रममा स्थानीय बाच्छे खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो।
साउन २१, २०८३ बिहीबार १२:४७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।