थाइल्यान्डमा यामाहा नेपालको ‘पार्टनर्स मिट’ सम्पन्न, नेपालमा ‘ई-जिरो’ इलेक्ट्रिक मोटरसाइकल ल्याइने

थाइल्यान्डमा यामाहा नेपालको ‘पार्टनर्स मिट’ सम्पन्न, नेपालमा ‘ई-जिरो’ इलेक्ट्रिक मोटरसाइकल ल्याइने

काठमाडौं : थाइल्यान्डको पट्टया र बैंककमा आयोजित ५ दिने ‘ब्लू सर्ज- पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार तथा टोली स्वदेश फर्किएका छन्।

जुलाई २७ देखि ३१ सम्म सञ्चालित उक्त कार्यक्रममा यामाहाका उत्कृष्ट डिलरहरूलाई सम्मान गर्नुका साथै आगामी रणनीतिबारे छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै यामाहा मोटर इण्डिया ग्रुपका अध्यक्ष हाजिमे अओटाले नेपाल यामाहाका लागि अत्यन्त महत्त्वपूर्ण र इभीका लागि उपयुक्त बजार भएको बताए।

उनले भारतबाहिर पहिलोपटक यामाहा ब्रान्डको ‘ई-जिरो सिरिज’ इलेक्ट्रिक मोटरसाइकल नेपालमै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।

एमएडब्लु राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवालले तय गरिएका लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेकाले त्यसको उत्सवस्वरूप थाइल्यान्ड भ्रमण आयोजना गरिएको बताउँदै डिलर नेटवर्कको सामूहिक प्रयासको प्रशंसा गरे।

सो अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने बी एण्ड बी अटो ट्रेडर्स (विराटचोक), राज मोटर्स (हेटौंडा), नवीन अटो सेन्टर (नारायणघाट), दिपेश इन्जिनियरिङ (मेहेलकुना) लगायतका डिलरहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो।

साउन २१, २०८३ बिहीबार १२:४६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।