ज्योति विकास बैंक र एनसीएचएलबीच सम्झौता, अब बैंकले ‘नेपालपे’ कार्ड जारी गर्न सक्ने
काठमाडौं : ज्योति विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच इएफटी कार्ड सर्भिसेसमार्फत ‘नेपालपे’ कार्ड सञ्चालन तथा भुक्तानी प्रक्रिया सुरु गर्नेसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कपिल ढकाल र एनसीएचएलका सीइओ नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
सम्झौता पश्चात् अब ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूका लागि ‘नेपालपे’ कार्ड जारी गर्न सक्नेछ।
साथै, बैंकले डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरू र भारतको ‘रुपे’ कार्डसमेत स्वीकार गरी नेपालपे कार्डका कारोबारहरू प्रोसेस गर्न सक्नेछ। यी कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस (POS) टर्मिनलहरूमा प्रयोग गर्न सकिनेछ।
डिजिटलाइजेसनलाई प्राथमिकता दिँदै आएको ज्योति विकास बैंकले १० लाखभन्दा बढी ग्राहकलाई १२१ शाखा, २ एक्सटेन्सन काउन्टर र ७५ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।
साउन २१, २०८३ बिहीबार १२:४१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।