कथा सुनाएर ‘पल्सर एनएस४००जेड’ जित्ने अवसर, बजाजले ल्यायो ‘माई पल्सर स्टोरी’ अभियान
काठमाडौं : बजाज ग्लोबलले पल्सर मोटरसाइकलको २५ वर्षे यात्राको अवसर पारेर विश्वव्यापी रूपमा ‘#MyPulsarStory’ (माई पल्सर स्टोरी) अभियान सुरु गरेको छ।
यस अभियानमा नेपाली राइडरहरूले पनि पल्सरसँगका आफ्ना अनुभव साटेर आकर्षक उपहार जित्न सक्नेछन्।
अभियानअन्तर्गत उत्कृष्ट कथा पठाउनेमध्ये हरेक हप्ता छानिने विजेताले ५०० अमेरिकी डलर बराबरको पुरस्कार पाउनेछन्।
त्यस्तै, नेपालसहित प्रत्येक सहभागी देशबाट एक जना भाग्यशाली विजेताले ‘पल्सर एनएस४००जेड’ मोटरसाइकल जित्ने अवसर प्राप्त गर्नेछन्।
सहभागी हुनका लागि राइडरहरूले पल्सरसँग जोडिएका आफ्ना वास्तविक, साहसिक र प्रेरणादायी अनुभव (भिडिओ, फोटो वा अन्य सिर्जनात्मक माध्यमबाट) सामाजिक सञ्जालमा सेयर गर्नुपर्नेछ।
सामग्री पोस्ट गर्दा अनिवार्य रूपमा #MyPulsarStory ह्यासट्याग प्रयोग गरी @mypulsarofficial र @pulsarnepal लाई ट्याग गर्नुपर्नेछ।
यो अभियान आगामी ४ सेप्टेम्बर २०२६ सम्म सञ्चालन हुने नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले जनाएको छ।
साउन २१, २०८३ बिहीबार ०९:११:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।