रमादा इन्कोर काठमाडौंद्वारा नेतृत्व विकासमा नयाँ अभ्यास सुरु
काठमाडौं : ठमेलस्थित चारतारे होटल रमादा इन्कोर बाइ विन्डहमले आफ्ना कर्मचारीहरूको नेतृत्व क्षमता मापन र विकास गर्न नयाँ तथ्यमा आधारित अभ्यास सुरू गरेको छ।
अन्तर्राष्ट्रिय नेतृत्व विकास संस्था ‘इम्प्याक्ट यस’सँगको सहकार्यमा होटलले ‘गाला’ र ‘भेक्टर-९’ जस्ता आधुनिक मूल्याङ्कन प्रणालीमार्फत यो कार्यक्रम सम्पन्न गरेको हो।
हालै सम्पन्न तीन दिने कार्यक्रममा होटलका ९ विभागीय प्रमुखसहित विभिन्न विभागका २२ जना कर्मचारी सहभागी थिए।
परम्परागत र सामान्य प्रेरणादायी तालिमभन्दा फरक, यस कार्यक्रममा प्रत्येक सहभागीको व्यक्तिगत नेतृत्व शैलीको मापन गरी सोही आधारमा उनीहरूको व्यक्तिगत कार्ययोजना तयार पारिएको थियो। स्थानीय कार्यसंस्कृति र परिवेशलाई केन्द्रमा राखेर यो तालिम सञ्चालन गरिएको थियो।
होटलका महाप्रबन्धक महेश फुयालले कार्यक्रम निकै सहभागितामूलक रहेको र यसले संस्थाभर नेतृत्वबारे साझा बुझाइ विकास गरी संस्थालाई गति दिने विश्वास व्यक्त गरे।
आगामी दिनमा पहिलो चरणमा नसमेटिएका अन्य कर्मचारीहरूलाई पनि यस कार्यक्रममा सहभागी गराइने र व्यक्तिगत कार्ययोजनाको नियमित कोचिङ तथा अनुगमन गरिने होटलले जनाएको छ।
साउन २१, २०८३ बिहीबार ०८:५९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।