नेपाल टेलिकमको पुरानो बक्यौता तिर्ने ग्राहकलाई जरिवानामा छुट
काठमाडौं : नेपाल टेलिकमले आफ्ना सेवा प्रयोग गरेबापत लामो समयदेखि महसुल नतिरेका ग्राहकलाई जरिवानामा छुट दिने घोषणा गरेको छ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको बाँकी बक्यौता रकम आगामी २०८३ पुस मसान्तभित्र भुक्तानी गरेमा ग्राहकले त्यसमा लाग्ने सम्पूर्ण जरिवाना छुट पाउनेछन्।
यो सुविधा लिनका लागि ग्राहकले नजिकैको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
तोकिएको समयभित्र पनि बाँकी बक्यौता नतिर्ने ग्राहकहरूको नामसहितको विवरण पत्रिका तथा वेबसाइटमा सार्वजनिक गरी असुली प्रक्रिया अघि बढाइने टेलिकमले चेतावनी दिएको छ।
यस छुट सुविधाबाट ग्राहकलाई राहत मिल्ने र कम्पनीको बाँकी रकमसमेत उठ्ने विश्वास टेलिकमको छ।
साउन २१, २०८३ बिहीबार ०८:५५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।