साउन २५ बाट सार्वजनिक पुस्तकालय खोल्ने सहमति, सञ्चालनको मोडालिटी छलपछि तय हुने

साउन २५ बाट सार्वजनिक पुस्तकालय खोल्ने सहमति, सञ्चालनको मोडालिटी छलपछि तय हुने

काठमाडौं : भाडा नतिरेको बहानामा सरकारले भृकुटीमण्डपमा रहेको उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको ताला बुधवार खुले पनि पुन समाजकल्याण परिषद्ले ताला लगाएर चाबी लिने प्रयास गरेपछि विवाद भयो।

पुस्तक प्रेमीहरुको पहलमा खुलेको सो पुस्तकालय सरकारले विघटन गरेको समाज कल्याण परिषद्को स्वामित्वमा रहेको भृकुटीमण्डप परिसर भित्रको भवनमा सञ्चालन हुँदै आएको थियो। सरकारले भाडाको बक्यौताको बहानामा १ सय १४ दिन लगाएको ताला बुधवार खुले पनि पुन अर्को ताला लगाउने प्रयास भएपछि अध्येता र पाठकहरूले विरोध गरेपछि साउन २५ गतेबाट पुस्तकालय नियमित सञ्चालनमा आउने सहमति भयो।

समाज कल्याण परिषद्का प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मी उपस्थित भएर बुधवार बिहान पुस्तकालयमा लगाइएको ताला खोले पनि पुन: प्रतिनिधीहरुले ताला लगाएर सो चाबी सरकारी निकायले लिएर कब्जाको प्रयास गरेको थियो।

त्यसको विरोधमा पुस्तकालयका नियमित पाठकहरू पुस्तकालयको ढोकामा बसेर विरोध गर्दै पुस्तकालय कहिलेबाट सञ्चालनमा आउने हो सोबारे लिखित सहमति हुनु पर्ने माग राखेपछि परिषद्, स्थानीय प्रशासन र पुस्तकालयको प्रशासनबिच साउन २५ बाट नियमित सञ्चालन हुने र चाबी पुस्तकालय प्रशासनसँगै रहने र पुस्तकालय कसरी सञ्चालन गर्ने भन्ने मोडालिटी छलफलबाट टुङ्ग्याउने लिखित सहमति भएको थियो।

साउन २०, २०८३ बुधबार १६:३७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।