४.७९ अंकले बढ्यो नेप्से, ४ अर्ब ४० करोडको कारोबार

४.७९ अंकले बढ्यो नेप्से, ४ अर्ब ४० करोडको कारोबार

काठमाडौं : बुधबार सेयर बजार सामान्य अंकले बढेको छ। अघिल्लो दिन २१.१५ अंक घटेको नेप्से परिसूचक आज ४.७९ अंकले बढेर २६६७ विन्दुमा कायम भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम केही बढेको छ। अघिल्लो दिन ४ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४० करोडको भयो।

आज १२२ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने ११ को स्थिर रह्यो। हाइड्रोपावर १.४५, होटल तथा पर्यटन ०.२२, उत्पादन तथा प्रशोधन ०.०२, व्यापार १.६० तथा अन्य समूह ०.२६ प्रतिशत बढेका छन्।

बैंकिङ ०.४२, विकास बैंक ०.५०, फाइनान्स ०.३४, लगानी ०.०६, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.३२, निर्जीवन बीमा ०.१० प्रतिशत घटेका छन्।

सोलु हाइड्रोपावरको मूल्य आज १५ प्रतिशत बढेको छ। सूचीकृत भएदेखि लगातार १५ प्रतिशत मूल्य बढिरहेको एभरेस्ट कलरको मूल्य आज सबैभन्दा धेरै ९.०३ प्रतिशत घटेको छ। 

आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावार, रिडी पावर, खानीखोला हाइड्रोपावर, एभरेस्ट कलर र सेन्ट्रल फाइनान्स छन्।

साउन २०, २०८३ बुधबार १५:४७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।