तोलामा ४२ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो

तोलामा ४२ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। 

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला चार हजार दुई सय र चाँदी ९५ रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार तोलामा चार हजार तीन सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार एक सय २७  र चाँदीको  मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ।

साउन २०, २०८३ बुधबार ११:१६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।