नेपाली बजारमा सार्वजनिक भयो ‘शाओमी वाच एस फाइभ’ स्मार्टवाच, मूल्य कति?

नेपाली बजारमा सार्वजनिक भयो ‘शाओमी वाच एस फाइभ’ स्मार्टवाच, मूल्य कति?

काठमाडौं : प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच ‘शाओमी वाच एस फाइभ ४६ एमएम’ सार्वजनिक गरेको छ।

आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता र उन्नत स्वास्थ्य निगरानी सुविधाहरू रहेको यस स्मार्टवाचको मूल्य ३९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

१.४८ इन्चको एमोलेड डिस्प्ले रहेको घडीको २५०० निट्स ब्राइटनेसका कारण कडा घाममा पनि प्रस्ट देखिन्छ।

स्टेनलेस स्टिल फ्रेम र ४६ ग्राम तौल रहेको यो घडीमा ८१५ मिलिएम्पियरको ब्याट्री छ। सामान्य प्रयोगमा एक पटकको फुल चार्जमा २१ दिनसम्म काम गर्छ।

यसले मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा र निद्राको सटिक निगरानी गर्छ। खेलकुद प्रेमीका लागि यसमा १५० भन्दा बढी व्यायमका मोडहरू दिइएका छन्।

यसका अतिरिक्त घडीमा प्यासन मोड  पनि जसले ताली बजाएको, हात हल्लाएको वा मुट्ठी कसेको पहिचान गरी सोहीअनुसार खर्च भएको क्यालोरी र विवरण रेकर्ड गर्छ।

घडीमा ब्लुटुथ ५.४, डुअल-ब्यान्ड जिपिएस, एनएफसी र ५ एटीएम पानी प्रतिरोधी क्षमता रहेको छ।

साउन २०, २०८३ बुधबार १०:३०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।