एलजीले नेपालमा सार्वजनिक गर्यो २०२६ को एआई प्रविधियुक्त घरायसी उपकरणहरू
काठमाडौं : एलजी इलेक्ट्रोनिक्स सिंगापुर र नेपालका लागि यसको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले संयुक्त रूपमा ‘एक्पिरियन्स एआई : एफिक्सिनेट इन्टेलिजेन्स’ प्रदर्शनीसहित २०२६ का नयाँ एआई प्रविधियुक्त घरायसी उपकरणहरू सार्वजनिक गरेका छन्।
काठमाडौंको मिनभवनस्थित एलजी ब्रान्डसपमा आयोजित एक कार्यक्रमका बिच एलजी इलेक्ट्रोनिक्स सिंगापुर (बङ्गलादेश ब्रान्च) का प्रमुख सुङ्घो चुनले यस प्रदर्शनीको उद्घाटन गरेका हुन्।
भदौ ४ देखि असोज १४ गतेसम्म चल्ने यस प्रदर्शनीमा प्रयोगकर्ताको बानी बुझेर काम गर्ने नयाँ पुस्ताका घरायसी प्रविधिहरू राखिएका छन्।
एलजी एआई टिभीले प्रयोगकर्ताको रुचिअनुसार दृश्य र आवाज स्वतः अनुकूल बनाउने र घरका अन्य स्मार्ट उपकरणहरू नियन्त्रण गर्ने हबको रूपमा काम गर्ने कम्पनीको दाबी छ।
यस्तै एलजी एआई वासिङ मेसिनमा कपडाको प्रकार पहिचान गरी सोहीअनुसार धुन र सुकाउन उपयुक्त ‘प्याटर्न’ स्वतः छनोट गर्ने र ऊर्जा बचत गर्ने प्रविधि छ।
एलजी एआई रेफ्रिजरेटरमा प्रयोगकर्ताको बानी विश्लेषण गरी स्थिर तापक्रम कायम राख्ने र ‘थिनक्यू’ एपमार्फत विद्युत् खपत घटाउनेछ भने यसबाट सबै स्मार्ट उपकरणहरूलाई एउटै प्लेटफर्मबाट सहजै नियन्त्रण र सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ।
नेपालमा ४० वर्षभन्दा बढी समयदेखि एलजीका उत्पादनहरू बिक्री गर्दै आएको सीजी इलेक्ट्रोनिक्सका अनुसार यी नयाँ २०२६ लाइनअपका उत्पादनहरू नेपालभरका ब्रान्ड स्टोर तथा प्रमुख खुद्रा बिक्री केन्द्रहरूमा खरिदका लागि उपलब्ध भइसकेका छन्।
साउन २०, २०८३ बुधबार १०:२०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।