काठमाडौंमा सुरु भयो एलजी सिपशिक्षा कार्यक्रमको १६औँ ब्याच
काठमाडौं : चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ ‘एलजी सिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु गरेको छ। युवाहरूलाई बजारको मागअनुसारको सीप प्रदान गरी रोजगारीका अवसर वृद्धि गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो।
सन् २०२४ देखि सुरु भएको एलजी सिपशिक्षा कार्यक्रमअन्तर्गत हालसम्म १६ वटा प्रशिक्षण ब्याचहरू सम्पन्न भइसकेका छन्। जसका माध्यमबाट पोलिटेक्निक, इलेक्ट्रिकल र मेकानिकल विधामा हालसम्म ३३२ जना सहभागीले व्यावसायिक शिक्षा प्राप्त गरिसकेको एलजीले जनाएको छ।
हालै सुरु भएको १६औँ ब्याचमा १८ जना सहभागी रहेका छन्। प्रशिक्षण शुभारम्भको अवसरमा एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर-बङ्गलादेश शाखाका प्रबन्ध निर्देशक जेराल्ड सङ्घो चुन र चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले प्रशिक्षणमा सहभागी ब्याचको अवलोकन गरेका थिए।
साउन १९, २०८३ मंगलबार २०:१०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।