पोखरामा लिटमसको ‘पावर पार्टनर्स मिट’, उत्कृष्ट डिलर सम्मानित
काठमाडौं : नेपालको अग्रणी तार केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिटमस इन्डस्ट्रिजले आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सम्पन्न गरेको छ।
लिटमस र डिलरहरूबीचको सहकार्य सुदृढ गर्ने तथा आगामी रणनीतिक योजनाबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा देशभरका करिब २०० च्यानल पार्टनरहरूको सहभागिता रहेको जनाइएको छ।
कार्यक्रममा लिटमसको पाँच दशकभन्दा लामो यात्रा, उत्पादन क्षमता र भावी रणनीतिबारे प्रस्तुति दिइएको थियो। सो अवसरमा लिटमसले उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धता समेत दोहोर्याएको छ।
डिलरहरूको योगदानको कदर गर्दै लिटमसले उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जना डिलरलाई विभिन्न विधामा पुरस्कृत गरेको छ। जसमा ‘राइजिङ स्टार’, ‘पेमेन्ट एक्सीलेन्स’ र ‘प्रतिष्ठित लिटमस एक्सीलेन्स अवार्ड’ लगायतका विधा समावेश थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै लिटमस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले गुणस्तरलाई कम्पनीको आधार र ग्राहकप्रतिको प्रतिबद्धताको रूपमा अर्थ्याए। उनले भने, “डिलरहरूको विश्वास र निरन्तर साथले हामीलाई नयाँ प्रविधि अपनाउन र नेपालको पूर्वाधार निर्माणमा अघि बढ्न प्रेरित गरेको छ।”
पाँच दशक लामो अनुभव भएको लिटमस इन्डस्ट्रिज नेपालमा एल्मुनियम तथा एलोय रड उत्पादन गर्ने एकमात्र कम्पनी हो। यसले पूर्वाधार, निर्माण र ऊर्जा क्षेत्रका लागि आवश्यक गुणस्तरीय सामग्री उत्पादन गर्दै क्षेत्रीय निर्यात बजारमा समेत आफ्नो उपस्थिति जनाइरहेको छ।
साउन १९, २०८३ मंगलबार २०:०१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।