बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा : बाजुराको छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। खप्तड छेडेदह गाउँपालिका–७ बस्ने ६२ वर्षीया धरु देवी कठायत तालमा मृत भेटिएकी हुन्।

प्रहरीका अनुसार कठायत साउन १७ गते घरबाट कसैलाई नभनी निस्किएकी थिइन्। सम्पर्कविहीन भएकी कठायतको शव साउन १९ गते दिउँसो करिब २:३० बजे छेडेदह तालमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिए।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी डोगडीबाट प्रहरी सहायक निरीक्षक धर्मानन्द पन्तको नेतृत्वमा ५ जनाको टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगन सिंह भाटको कमान्डमा ७ जनाको टोली खटाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउन १९, २०८३ मंगलबार १७:३५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।