नेपाल लिकर्सका सिइओ तुलाधरलाई सिंगापुरमा सीईओ अफ द इयर अवार्ड

नेपाल लिकर्सका सिइओ तुलाधरलाई सिंगापुरमा सीईओ अफ द इयर अवार्ड

काठमाडौं : नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अभनिश विर सिंह तुलाधरले सिइओ अफ द इयर अवार्ड पाएका छन्। सिंगापुरमा आयोजित एसिया बिजनेस लिडर्स अवार्ड्समा उनलाई सिइओ अफ द इयर अवार्डबाट सम्मानित गरिएको हो।

एसियाली क्षेत्रका उद्योगी र व्यवसायीहरूको नेतृत्वदायी भूमिका, रणनीतिक नवप्रवर्तन र उद्योगमा पुर्याएको योगदानका आधारमा यो अवार्ड दिने गरिन्छ। आफूले प्राप्त गरेको सम्मानले नेपाली कर्पोरेट क्षेत्रको नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गरेको तुलाधरको भनाइ छ।

नेपाल लिकर्समा डिरेक्टर अफ अपरेसनको जिम्मेवारी सम्हालिसकेपछि तुलाधरलाई सिइओमा नियुक्त गरिएको थियो। उनले अमेरिकाको युनिभर्सिटी अफ रिचमण्ड र फ्रान्सको इसेक बिजनेस स्कुलबाट उच्च शिक्षा हासिल गरेका छन्। अवार्ड पाएपछि तुलाधरले यो उपलब्धि नेपाल लिकर्सको सम्पूर्ण टोलीको लगनशीलताको परिणाम भएको बताएका छन्। 

साउन १९, २०८३ मंगलबार १७:३३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।