सेयर बजार राताम्य, ४ अर्बमा खुम्चियो कारोबार

सेयर बजार राताम्य, ४ अर्बमा खुम्चियो कारोबार

काठमाडौं : मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। अघिल्लो दिन १.२० अंक घटेको नेप्से परिसूचक आज २१.१५ अंकले घटेर २६६३ विन्दुमा कायम भएको छ। 

कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन चार अर्ब ५७ करोडको कारोबार भएकोमा आज चार अर्ब सात करोडको कारोबार भएको छ।

आज ५९ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ५ को स्थिर रह्यो। सबै समूहका उपसूचक घटेका छन्। 

बैंकिङ ०.८०, विकास बैंक ०.५०, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.५५, लगानी ०.७२, जीवन बीमा ०.८२, उत्पादन तथा प्रशोधन १.३१, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५४, अन्य १.०४ र व्यापार १.१९ प्रतिशत घटेका छन्।

एभरेस्ट कलरको मूल्य आज पनि १५ प्रतिशत बढेको छ। आज धेरै कारोबार भएका कम्पनीमा खानीखोला हाइड्रोपावार, सिद्धार्थ बैंक, नेसनल हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र रिडी पावर छन्।

साउन १९, २०८३ मंगलबार १५:४१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।