सुनको मूल्य सामान्य घट्दा चाँदी भने बढ्यो

सुनको मूल्य सामान्य घट्दा चाँदी भने बढ्यो

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ। 

सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३० रूपैयाँ बढेर चार हजार तीन सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। 

साउन १९, २०८३ मंगलबार ११:३६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।