कालिमाटीमा खुल्यो सामसुङ प्लाजाको १६औं शोरुम
काठमाडौं : हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सामसुङ प्लाजाले काठमाडौंको कालिमाटीमा आफ्नो १६औं शोरुम सञ्चालनमा ल्याएको छ।
खुद्रा बिक्री सञ्जाल विस्तार गर्दै स्थानीय ग्राहकहरूलाई सामसुङका सक्कली उत्पादनहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम खोलिएको हो।
शनिबार आयोजित एक कार्यक्रमका बिच सामसुङ नेपालका प्रबन्ध निर्देशक चाङ युक जोङ र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रूपमा नयाँ शोरुमको औपचारिक उद्घाटन गरे।
नयाँ शोरुममा सामसुङका नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरणलगायतका इलेक्ट्रोनिक सामग्रीहरूको फराकिलो श्रृङ्खला उपलब्ध गराइएको छ। शोरुम उद्घाटनका अवसरमा ग्राहकहरूका लागि विशेष छुट अफरको व्यवस्था गरिएको छ।
साथै, ग्राहकले तालिमप्राप्त कर्मचारीहरूबाट व्यावसायिक परामर्शसहित खरिदको आधुनिक अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।
नेपालभर नवीन प्रविधि र गुणस्तरीय उत्पादन पुर्याउने प्रतिबद्धताअनुसार कालिमाटी तथा आसपासका ग्राहकलाई लक्षित गरी नयाँ शोरुम विस्तार गरिएको सामसुङ प्लाजाले जनाएको छ।
साउन १९, २०८३ मंगलबार ११:०९:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।