नेपालमा भित्रियो ५०५ किमि रेन्ज दिने विद्युतीय गाडी ‘लिपमोटर B03X’
काठमाडौं : नेपालका लागि लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले विद्युतीय एसयूभी 'लिपमोटर B03X' भित्र्याएको छ।
इन्टेलिजेन्ट अर्बन मोबिलिटीको अवधारणामा आधारित यस एसयूभीमा १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ। एक पटकको फुल चार्जमा ५०५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
सुरक्षाका लागि यसमा एडास लेभल २ प्रविधि प्रयोग गरिएको छ भने ५१० लिटरको बुट स्पेस र फराकिलो क्याबिन रहेको छ। विश्वव्यापी रूपमा स्टेलान्टिस समूहको सहयोग प्राप्त लिपमोटर चीनको चर्चित स्टार्टअप न्यू इनर्जी भेइकल ब्रान्ड हो।
साउन १८, २०८३ सोमबार १९:४९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।