सिमलतालको लेदो पन्छाइयो, नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
चितवन : लेदो र ढुङ्गा खसेर सोमबार बिहान अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्डको पहिरो हटाई सडक दुईतर्फी नै सञ्चालनमा ल्याइएको छ।
सडक डिभिजन भरतपुरका अनुसार सोमबार बिहान तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुलमा माथिबाट ढुङ्गा खस्नुका साथै सिमलतालमा लेदो बगेर आउँदा सडक एकतर्फी अवरुद्ध बनेको थियो।
सडक डिभिजनले स्थानमै तैनाथ राखेका भारी उपकरणहरू परिचालन गरी बिहान १०:५० बजेसम्ममा लेदो र पहिरो पन्छाएर यातायात पुनः दुवैतर्फ सञ्चालन गराएको हो।
सडक सञ्चालनमा आए तापनि सो क्षेत्रमा निरन्तर पानी परिरहेकाले पुनः पहिरो खस्ने जोखिम कायमै रहेको छ।
सडक डिभिजन भरतपुरले सडकको अवस्था बुझेर मात्र होसियारीपूर्वक सुरक्षित यात्रा गर्न सवारी चालक तथा यात्रुहरूलाई अनुरोध गरेको छ।
साउन १८, २०८३ सोमबार १२:१८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।