सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेर दुई लाख ८४ हजार रुपैयाँ कायम भएको छ।

आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार  दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला चार हजार तीन सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी चार हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो।

साउन १८, २०८३ सोमबार ११:२६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।