सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। 

शुक्रबारको तुलनामा सुन तोलामा एक हजार आठ सय र चाँदी ४५ रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सयमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजारमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चार हजार तीन सय ६० कारोबार भएको  चाँदी आइतबार चार हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

साउन १७, २०८३ आइतबार ११:४८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।