सिरहाको गोलबजारमा आज दिनभर कर्फ्यु खुकुलो

सिरहाको गोलबजारमा आज दिनभर कर्फ्यु खुकुलो

सिरहा : जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको विश्लेषणपछि आइतबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको हो।

प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कर्फ्यु थप खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने सम्बन्धमा पुनः जानकारी गराइने जनाएको छ।

कर्फ्यु खुकुलो गरिएको अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई आवश्यक सहजीकरण गरिने पनि सूचनामा उल्लेख छ।

यस्तै, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सो अवधिमा पाँच जनाभन्दा बढी मानिसहरू एकै ठाउँमा समूह बनाएर भेला नहुन प्रशासनले आग्रह गरेको छ।

साउन १७, २०८३ आइतबार १०:२१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।