सिक्री लुटेर भागेका युवकलाई समात्न प्रहरीले चलायो गोली
काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा सिक्री लुटपाटमा संलग्न रहेको अभियोग लागेका एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
गए राति सिक्री लुटेर भाग्दै गरेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो। पक्राउ गर्न खोज्दा तामाङले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेका थिए।
त्यसपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड गोली चलाएको थियो। प्रहरीको गोली लागेर घाइते भएका तामाङलाई नियन्त्रणमा लिई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पुर्याइएको छ।
उनको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साउन १७, २०८३ आइतबार ०९:४८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।