सामाजिक सद्भाव भाँड्न खोजेको आरोपमा चार जना पक्राउ

सामाजिक सद्भाव भाँड्न खोजेको आरोपमा चार जना पक्राउ

काठमाडौं : वीरगञ्ज महानगरपालिका क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा पर्साबाट चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगञ्ज महानगरपालिका-११ रानीघाटबाट पक्राउ गरिएको हो। उनीहरूले नगरक्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेको उनको भनाइ छ।

साम्प्रदायिक सद्भाव बिग्रने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गर्दै प्रहरीले त्यसो गरेमा कडा कारबाही हुने चेतावनी पनि दिएको छ।

यसैबीच, उक्त कार्यालयले बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार बालबालिकालाई हडताल, बन्द, धर्ना वा जुलुसमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्थाको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।
 

साउन १६, २०८३ शनिबार १५:२९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।